काठमाडौं। स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएको छ। बिहीबार काठमाडौंको जमलस्थित प्राधिकरणको कार्यालय अगाडि स्मार्ट टेलिकमको सम्पत्ति सरकारले लिएर लाइसेन्स खारेजी गरेपनि घरभाडा, बिजुली, कर्मचारी र रिचार्जकार्ड बिक्रेताहरुको भुक्तानी नगरेको भन्दै धर्ना दिएको हो।

धर्नामा सहभागिले नेपाल सरकार,स्मार्ट टेलिकमको सम्पत्ति लिने अनि जनताको घरभाडा नदिने ? विद्युतको महशुल नतिर्ने ?,न्याय दे सरकार, जनताको घरभाडा विद्युत महशुल तुरुन्त भुक्तानि गर,स्मार्ट टेलिकम कर्मचारीको तलब भत्ता पाऊ लगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर