काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आम चुनावभन्दा पहिला पार्टीको महाधिवेशन गथर्नु राम्रो हुने बताएका हुन् । नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले सोमबार आयोजना गरेको महेन्द्रनारायण निधिको स्मृतस् दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन समयमै गर्न सके राम्रो हुने बताए ।
कांग्रेस पूर्वमहामन्त्री कोइरालाले भने , ‘आम चुनावभन्दा पहिला अधिवेशन गराएको राम्रो हो । चुनावको मुखमा अधिवेशन गराउँदा तिक्तता बाँकी हुने भएकाले घाटा हुन्छ । तर, परिस्थितीले २०८२ सालमा गराउन नसक्ने हो भने चुनावको मुखमा भने अधिवेशन गराउन नहुने आफ्नो मत रहेको बताए । चुनावको मुखमा महाधिवेशन गर्दा पार्टीलाई घाटा हुने उनको भनाई छ ।
त्यस्तै, नेता कोइरालाले कांग्रेसमा गुट नयाँ कुरा नभएपनि गुटगत राजनीति महाधिवेशनमा मात्र सिमित राख्नुपर्ने बताए । उनले भने, ‘पहिला देखि ग्रुपिजम थियो । यो गिरिजाप्रसादको ग्रुप यो किसुनजीको यो कोइरालाको यो देउवा, रामचन्द्रको हुँदा हुँदा प्रकाशमानको ग्रुप अहिले शशांकको पनि भन्न थालेका छन् । यो गर्न हुँदैन । उनले कांग्रेसलाई एक ढिक्क बनाउनुपनर्जेमा जोड दिएका छन् । नेपाली कांग्रेस सवैभन्दा गतिशील र चलायमान पार्टी भएको बताउँदै अहिले मुलुकमा भएको सवै विकास कांग्रेसका कारण भएको दाबी पनि गरे । कोइरालाले सुशाशन दिएर जनताको काम छिटो छरितो ढंगले हुने संरचना बनाएर युवाहरूमा आशा भर्नुपर्ने बताए । त्यस्तै उनले नेपालको राजनीतिमा गान्धिवादी नेताका रुपमा चिनिने महेन्द्र नारायण निधिको योगदान महत्वपूर्ण रहेको बताए ।



