रौतहट । रौतहटको मौलापुरमा महा शिव रात्रीको अवसर पारेर छैटौं ‘मधानी महोत्सव’ सुरु भएको छ।
धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य मौलापुरमा मधानी महोत्सव’ सुरु भएको हो। फागुन ११ गतेदेखि सुरु भएको मधानी महोत्सवमा सोमबार शिव बारात यात्रा गरिएको छ।
फाल्गुुन १५ गते सम्म हुने महोत्सबले पुरातात्विक महत्वको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा स्थानीय पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य रहेको मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहले बताइन।
मधानी महायज्ञ भगवान शिव र पार्वतीको वैवाहिक उत्सव को प्रतीक मानिन्छ। यो महायज्ञ विशिष्ट धार्मिक परम्परासँग जोडिएकाले मन्त्र तथा जप गरिने परम्परा रहेको बताइन्छ। फागुन १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रम हुने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ।नगरपालिकाले मधानी महोत्सव आयोजना गर्न ८७ लाख रूपैयाँ बजेट विनियोजन गरेको प्रमुख कार्यकारी अधिकृत रामबाबु साहले बताए। उनका अनुसार नेपाल सरकारको सय वटा प्रमुख गन्तव्यभित्र ऐतिहासिक एवं पुरातात्त्विक महत्वको मौलापुरस्थित महादेव मन्दिर पर्दछ।
२०७६ देखि हरेक वर्ष महाशिवरात्रीको अवसरमा मौलापुरको पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुदै आएको छ।



