जनकपुर। बलात्कारको घटना ढाकछोप गर्ने प्रयास पछि आत्महत्या गरेकी रिंकु सदा मृत्यु प्रकरणमा न्यायको माग गर्दै आज जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ।
दलित सम्बद्ध संघसंस्थाको अगुवाई घटनामा संलग्न दोषीहरुमाथि अविलम्ब कारवाही एवं मृत आत्माको चिरशान्तिको कामना गर्दै जनकपुरधामको जनकचोकमा दीप प्रज्वलन गरिएको दलित अभियन्ता रामो महराले जनाएका छन्।
संयुक्त राजनीतिक दलित संघर्ष समिति मधेश प्रदेश र दलित महिला संघ धनुषाले संयुक्त रुपमा दीप प्रज्वलनको आयोजना गरेको थियो। माघ ३० गते रिंकु सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।



