रौतहट। रौतहटको रामपुरखाप नाकामा सवारीसाधन आवतजवातमा समस्या भएको भन्दै स्थानीयले आमरण अनसन थालेका छन्।

नेपाल भारत सीमा नाकाबाट निर्वाध रुपमा चार पाँग्रे सवारीसाधन आवतजावत गर्न पाउनुपर्ने र भन्सार कार्यालय स्थापना हुनुपर्ने माग राख्दै विहीबार दोस्रो दिन पनि निरन्तरता दिएका हुन्।

परोहा नगरपालिका वडा नम्वर ९ स्थित नेपाल भारत सीमावर्ती क्षेत्र भन्दा ५० मिटर नेपाली सिमा क्षेत्रमा तीनजना स्थानीयले आमरण अनसनमा बसेका छन्।

स्थानीय साहेब साह, जगतलाल यादव र मोहम्मद तजमुल हकले आमरण अनसनमा बसेको जनमत पार्टीका जिल्ला इन्चार्ज सेख जमसैदले बताए। उनका अनुसार नेपाल भारतको सम्बन्ध सदियौदेखिको भएकाले सीमा नाकाबाट निर्वाध रुपमा चार पाँग्रे सवारी साधन आवतजावत गर्न पाउनु पर्दछ। यसमा नेपाल सरकार र भारतीय पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ। आफूहरुको जायज मागलाई सरकारले ध्यान दिनुपर्ने उनको जोड छ।

भारत नेपालबिच सदियौंदेखि चल्दै आएको रोटीबेटीको सम्बन्धलाई प्रभावित पार्ने कार्य कसैबाट सह्य नहुने उनले चेतावनी दिए। आमरण अनसनमा बसेका तीनै जनालाई सयौं स्थानीय बासिन्दाहरुले साथ दिइरहेका छन्।

भारतसँग जोडिएका रौतहटको इशनाथ नगरपालिका वडा नम्वर १, २ र ४ तथा परोहा नगरपालिकाको वडा नम्वर ९ सहितका सीमानाकाहरुबाट निर्वाध रुपमा गइरहेका चार पाँग्रे सवारी साधनलाई आवत–जावतमा रोक लगाएपछि त्यस भेगका बासिन्दाहरु आन्दोलित भएका हुन्।

यसअघि जिल्ला प्रशासन कार्यालय र भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएपछि चाँडै समस्या समाधान गर्ने आश्वासन मात्र भएको उनीहरुको गुनासो छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको