दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्दै उनले हाम्रो देश अरु आएर नबनाइदिने भन्दै तीनै तहका सरकार  सहकार्यका साथ नेपाललाई बनाउनमा लाग्नुपर्ने बताए।

उनले भने, ‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो। अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ। हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ। कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुुपर्छ। उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ। तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ। केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरु कारणले विरोध गर्नु बेग्लै कुरा हो। आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ। यसले स्वागत पाएको छ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको