काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदैछन्। सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न तय भएको छ।
बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकलाई प्रधानमन्त्रीले विशेष सम्वोधन गर्ने कार्यसूची प्रकाशन गरिएको छ।
प्रदेश सभाको बैठकलाई सम्वोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ।



