जनकपुर । जनकपुरधाममा अबैध अस्पताल संचालन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जनकपुरधामको भ्रमरपुराचोकस्थित जनकपुर मोडर्न अस्पताल संचालन गर्दै आएका रामभरोषी महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। विना दर्ता अस्पताल संचालन गरी बिरामी ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

म्ुख्यमन्त्री सतीश कुमार सिंहले अनुगमनको क्रममा दर्ता नरहेको अस्पतालहरुलाई मापदण्ड पुरा गरी दर्ता नगराएसम्म संचालनमा नल्याउन निर्देशन दिनुका साथै अस्पतालमा ताला लगाई साँचो हस्तान्तरण गर्न भनेका थिए। तर बिहीबार बेलुका मुख्यमन्त्रीसहितको टोली अनुगमन गर्न पुग्दा सो अस्पताल संचालनमै रहेको र नयाँ विरामी समेत भर्ना गरेको पाइएपछि प्रहरीले संचालक महतोलाई पक्राउ गरेको हो।

मुख्यमत्री सिंहले केही दिन यता अस्पतालहरुको अनुगमन तीव्र बनाएका छन् । उनले अवैध र मापदण्ड विपरीत रहेको अस्पतालहरुलाई कारवाही गर्ने निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको