रौतहट । रौतहटका बजारमा काउली र बन्दाको मुल्य कम हुँदा किसान  मर्कामा परेका छन । अहिले काउली र बन्दा यहाका स्थानिय  बजारमा ८ देखि १० रुपैयाँमा पाइन्छ । खेतीमा लागेको लागत  र मेहनत अनुसार यो मुल्यमा बिक्री गर्दा फाइदा नहुने कृषकहरु बताउछन।

जिल्लाको उतरी भेगमा काउली र बन्दाको उत्पादन बढी हुने गर्दछ । यहाका अधिकाश कृषक काउली र बन्दाको खेती गर्ने गर्दछन । यो मूल्यमा काउली र बन्दा बिक्री गर्दा घाटा हुने वृन्दावन नगरपालिका वडा नं–१,बलेरीका कृषक शिवचन्द्र पटेलले बताए। उनका अनुसार यहाका बजारमा भारतीय तरकारी सस्तोमा पाइने भएपछि समस्य भएको हो।

भारतीय तरकारी यहाका हाट बजारमा सहजै  र सस्तोमा पाइन थालेपछि उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यो समयमा गत बर्ष काउली प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म बिक्री गरेको कृषक  पटेलले बताए। यस पटक आफुले ८ कठ्ठामा काउली र बन्दाको खेती गरेको उनले बताए। यस बर्ष घाटा ब्यहोर्नु परेकाले अब अर्को बर्ष देखि अन्य बालि लगाउने सोच बनाएको उनले बताए । अब अर्को बर्ष मकै खेती गर्ने योजनाम रहेको उनले उल्लेख गरेका छन।

कृषि ज्ञान केन्द्र गौरका अनुसार काउली र बन्दाका लागि यस जिल्लाको  हावापानी उपयुक्त भएपनि मुल्यका कारण कृषक बिस्थापित हुन थालेका हुन । भारतमा उत्पादन हुने कृषि उपजहरु  नेपाली बजारमा पाइने भएकाले  यहाका कृषक मर्कामा पर्दै आएको कृषि ज्ञान केन्द्र गौरले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको