काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०८१ फागुन २ गतेका लागितय भएको निर्वाचन असार १७ गते हुने गरि सर्ने भएको छ। संघले आगामी २०८२ असार १७ गते निर्वाचनको नयाँ मिति तय गर्ने तयारी गरेको संघका एक पदाधिकारीले जानकारी दिएका छन्।

निर्वाचनको नयाँ मितिका लागि संघ कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गरिएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए। यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइ सूचना प्रशासित गर्ने तयारी भईरहेको पनि उनले जानकारी दिए । असार १७ गते संघको स्थापना दिवस पारेर नयाँ मिति तोकिने करिब निश्चित भएको छ।

उम्मेदवारहरु फागुन २ को निर्वाचनका लागि अन्तिम तयारीमा थिए। कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्षसहितका उम्मेदवार टुंग्याएको छ। एसोसिएसनले अध्यक्ष पदका लागि संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङलाई उम्मेदवार बनाएको छ। संघको अध्यक्षमा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका तर्फबाट नरेश गेलाल र महासचिवमा जनक रावल सर्वसम्मत उम्मेदवार घोषणा भएका छन्।

गेलाल मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव र रावल मञ्चका वर्तमान अध्यक्ष हुन्। माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चका पूर्वअध्यक्ष रामप्रसाद भन्तनाको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको