काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको बैठक आज बस्दैछ। शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो। बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको अध्यादेशबारे छलफल हुने कार्यसूचि रहेको छ।
जसपाले यादवको संयोजकत्वमा अध्यादेशबारे विषयविज्ञसँग परामर्श गरेर निर्णय लिन कार्यदल गठन गरेको थियो । कार्यदलले बिहीबार नै सुझाव दिइसकेको छ तर संसदीय दलले यसबारे केही पनि निर्णय गरेको छैन।



