काठमाडौं, २६ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल कर आतंकले आक्रान्त बनेको भन्दै यसबाट निकाल्नको लागि निर्णायक संघर्षको आवश्यकत्ता औंल्याएका छन् ।

उनले भने,‘आज देशमा कर आतंक छ । दुनियाँमा नभएको कर नेपालमा छन् । नेपालको अर्थतन्त्र करकै कारण ध्वस्त हुँदैछ । कुल ग्राहस्थ उत्पादनको झण्डै एक तिहाई राजश्वमा गैरहेको छ । केन्द्र सरकारले झण्डै होल बजेटको ६७/६८ प्रतिशत राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको छ । बाग्मती प्रदेशले झण्डै ७६ प्रतिशत राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको छ ।’

आम जनता पार्टीको उपत्यका विशेष कमिटीले ‘कर आतंक कहिलेसम्म ?’ शीर्षकमा आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले केन्द्र सरकारले झण्डै १४ खर्ब, प्रदेश सरकारले २ खर्ब, स्थानीय पालिकाहरुले झण्डै तीन खर्ब राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको तथ्यांक सुनाए । काठमाडौं महानगरपालिकाले २५ अर्बको बजेटमा २० अर्बभन्दा बढि राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको पनि उनले जनाए यस्तै, ललितपुर महानगरको ६ अर्ब बजेटमा चार अर्ब राजश्वबाट उठाउने लक्ष्य राखिएको तथ्यांक पेश गरे ।

पूर्वमन्त्री साहले दुनियाँको कुनैपनि देशले २५ प्रतिशतभन्दा बढि राजश्वको लक्ष्य नराखेको बताए । उनले भने,‘अधिकतम कर २५ प्रतिशत छ । नेपालमा विश्वकै रेकर्ड तोड्ने । एक तिहाईभन्दा बढि राजश्व उठाउनु, यो भनेको हाम्रो अर्थतन्त्र ड्यामेज गर्नु हो । अरु कुनै देशमा पनि तीन तहमा कर लाग्दैन् । भारत र चीनमा स्थानीय तहमा कर लगाउँदैन् । भारतमा ३७, चीनमा ३४ र अमेरिकामा ५१ वटा सरकार छन् । नेपालमा ७६१ व्टा सरकार छन् । सबै सरकारले कर लगाएका छन् । अनावश्यक कर लगाएर अर्थतन्त्रलाई ध्वस्त बनाउने काम भएको छ । देशको कुल ग्राहस्थ उत्पादन ५७ खर्ब छ । १८ खर्बको बजेट छ । त्यसमा तीन/चार खर्बमात्रै पूँजीगत खर्चमात्रै हुने ।’

साहले नेपालमा भैरहेको कर आतंक बन्द नगरिए व्यवस्था नै ध्वस्त हुनेपनि टिप्पणी गरे । उनले भने,‘नेपवालमा जो कर आतंक छ । मनपरी कर छ । जे पनि र जे मापनि कर लगाउने आतंक छ। त्यसमा ध्यान दिन आग्रह गर्छु । करको शीर्षक दुनयाँमा नभएको शीर्षक छन्, नेपालमा ४० प्लस कर शीर्षक छन् । केन्द्र सरकारले लगाउने कर २० शीर्षकमा छन् । प्रदेशले ८ देखि ९ वटा कर लिन्छन् । पालिकाले एक दर्जन लिने गरेका छन् । संविधानतः बनाईएको कर झण्डै ४० शीर्षक छन् । भारतमा जम्मा १४ शीर्षक छन् । दर र दायरा पनि नेपालमा बढि छ । जसको कारण महँगी बढिरहेको छ । नेपालमा त करको पनि कर लिने प्रवृत्ति छ । कर भनेको वस्तुको मूल भाउमा लाग्छ । करको कर लिने प्रवृत्ति अस्वभाविक छ । नेपालमा एउटै आइटमको कर ठाउँठाउँमा लिने कुराले नेपाली हैरान छन् ।’

उनले दुनियाँमा कहीँपनि नभएको कुरा नेपालमा उपभोग्य वस्तु र विलाषी सबैमा समान भ्याट लागु भएकोमा पनि आपत्ति जनाए । उनले भने,‘नेपालमात्रै यस्तो देश हो, उपभोग्य वस्तु र विलाषी सबैमा समान भ्याट लाग्छ । करको ढाँचाले नेपाली गरिबी जनताको ढाड भाँचिएको छ । आयकरपनि नेपालमा पाँच लाखमा लाग्छ । जबकी भारतमा २० लाखमा लगाउने गरिएको छ । यहाँ त करपिच्छे कर, मनपरी कर छ । अरु देशको तुलनामा हामी पछि परिरहेका छौं ।’

कर लगाईएन भने देश कसरी चल्छ ? भन्नेलाई उनले आफ्नो पत्नी रिनाकुमारी साहले नेतृत्व गरेको रौतहटको मौलापुर नगरपालिकालाई हेर्न चूनौति दिए । उनले भने,‘मौलापुरमा शून्य कर छ । अरु नगरपालिकाको तुलनामा हाम्रो नगरपालिकामा हेर्न सुझाव दिन चाहन्छु । पालिकामा सबैभन्दा बढि कर काठमाडौं महानगरले लगाएको छ । तर, हामीले नगरपालिकामा पूरै कर मुक्त गरेका छौं, शून्य कर छ । सरकारले आँफै उत्पादन गर्नुपर्छ । अहिले नेपाल सरकारको साधन र स्रोत सबै लुट्ने काम भएको छ । नेपाल सरकारसँग पनि उद्योग छन् । तर, सबै घाटामा छन् । जंगल छ । जंगल आम्दानीको स्रोत हो । झण्डै ४७ प्रतिशत वन छ । प्रत्येक वर्ष वन मन्त्रालयको बजेट १४ अर्ब हुन्छ । तर, रिटर्न केही पनि आउँदैन् । आम्दानी छैन् । नेपालका जलाशय व्यक्तिको स्वार्थमा प्रयोग भएको छ । पहाडमा हाईड्रोपावरलाई बिक्री, तल भारतसँग सिचाइंको लागि बिक्रि भएको छ। बालुवा र गिट्टीपनि किन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको