काठमाडौं । रक्षामन्त्री मानवीर राईले मन्त्रालयका कार्यक्षेत्रभित्रका विषयमा महालेखा परीक्षकको कार्यालयबाट औल्याइएका बेरुजुहरु यथासिघ्र फछर्यौट गर्न आवश्यक रहेको बताएका छन्।
मन्त्रालयस्तरी विकास समस्या समाधान समितिको बैठकमा उनले कार्यसम्पादनको लागि वित्तिय अनुशासन कायम गर्ने बेरुजु नहुनेगरी कार्य गर्न आवश्यक रहेको बताए। उनले भने,‘निर्धारित समयमा नै गुणस्तरीय रुपमा निर्माण गराउने सन्दर्भमा मन्त्रालय निरन्तर सहयोग र समन्वयकासाथ निरन्तर अनुगमन गर्नुपर्ने छ।
यसैगरी कार्यसम्पादनको लागि वित्तिय अनुशासन कायम गर्ने बेरुजु नहुनेगरी कार्य गर्नुपर्ने र हालसम्म कार्यक्षेत्रभित्रका विषयमा महालेखा परीक्षकको कार्यालयबाट औल्याइएका बेरुजुहरु यथासिघ्र फछर्यौट गर्न आवश्यक देखिन्छ ।’
त्यस्तै उनले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम द्रुत मार्गको गुणस्तरीय कायम गर्न निर्माणपूर्व र निर्माणको क्रममा प्रयोग हुने सामाग्री लगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी रहेको बताए।
उनले भने,‘काठमाडौं तराई मधेस द्रुत राजमार्ग सडक आयोजनामा खरिद प्रकृयालाई कानुनसंवत एवम् पारदर्शी हिसाबले अघि बढाउनका साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम द्रुत मार्गको गुणस्तरीयता कायम गर्न निर्माणपूर्व र निर्माणको क्रममा प्रयोग हुने सामग्रीलगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी छ।’



