काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ लाई निरन्तरता दिने निर्णय गरेको हो।

विभागका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुले कार्यप्रगति विवरणको लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए।

अभियानले पार्टीमा उर्जा र उत्साह बढाउनुका साथै जनतामाझ पार्टीको विश्वास र भरोसा अभिवृद्धि गरेकाले पार्टीले अभियानलाई निरन्तरता दिने निर्णय गरेको बस्नेतले बताए।

जसपा नेपालले अभियानलाई निरन्तरता दिने निर्णयसहितको परिपत्र मातहत समितिलाई पठाइसकेको छ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको