काठमाडौं । नेपालमा छालाका उपभोग्य सामग्री उत्पादन गर्दै आएको डुल्ला ब्राण्डको शोरुम झम्सीखेलमा सञ्चालनमा आएको छ। आइतबार नायिका वर्षा राउतले उक्त शोरूमको उद्घाटन गरेकी हुन्।
उक्त शोरूमको उद्घाटन गर्दै नायिका राउतले डुल्लाको जस्तो सामानहरु कसैले उपलब्ध नगराउने बताइन् । उनले नयाँ नयाँ प्रोडक्ट ल्याउनमा डुल्ला सबैभन्दा अगाडि रहेको बताइन् ।
उनले भन्नि,‘मलाई डुल्लाको एकदमै मनपर्ने भनेको कस्टमर सर्भिस नै हो । जुन प्रोडक्टहरु डुल्लाले निकालेको छ, त्यसमा यो ब्राण्ड सबैभन्दा अगाडि छ। मैले तीन चार वर्षदेखि केही सामान डुल्लाको खरिद गरिरहेको छु। ति सामानहरु कसैले उत्पादन गर्न सकेको छैन।’
कम्पनीले विभिन्न डिजाइनमा छालाको जुत्ता र बुटहरू उत्पादन गर्दै बजार पु¥याइरहेको छ । जुत्तासँगै कम्पनीले लेदरको पर्स, ब्याग र पेटी पनि उत्पादन गरेको छ । यहाँ तीन हजार रूपैयाँदेखि जुत्ता खरिद गर्न सकिन्छ। अहमेद डुल्ला ‘डुल्ला सुज’का सञ्चालक हुन्।
यी बाहेक ग्राहकहरूले ‘द ह्वाइट याक’, ‘टुडेज् टेलिग्राम’,‘छाला’, ‘ए–वान लेदर क्राफ्ट’ लगायत कम्पनीहरूमा पनि शुद्ध लेदरको सामग्री पाउन सक्ने छन्।



