काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याइएको बताएका छन्।

शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उनले, अध्यादेशबाट केही कानुन ल्याएको भन्दै त्यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने विश्वास व्यक्त गरे।

उनले भने,‘देशको आर्थिक अवस्था उकास्न जरुरी छ । हालै सरकारले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याएको छ। यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास लिएको छु।’

यस्तै उनले कुनै सरकारको मुल्याङकन गर्नको लागि ६ महिनाको समय पर्याप्त नहुने भन्दै यद्यपी यस अवधिमा सरकारले गरेको राम्रा कामको भविष्यमा असल परिणाम देखिने धारणा राखे।

लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिएतापनि आर्थिक अवस्था सुदृढ हुन नसकेको कारण परिणामस्वरुप विकास वा समृद्धिको यात्रा चाहनाअनुरुप अगाडि बढ्न नसकेको उनको भनाई छ।

उनले भने,‘कुनै सरकारको मुल्याङकन गर्नको लागि ६ महिनाको समय पर्याप्त हुँदैन् । तर सरकारले यस अवधिमा गरेको काम राम्रो छन्। त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु। मुलुकको समग्र विकासका लागि लोतकन्त्रको सुनिश्चितता सुदृढ अर्थतन्त्र आवश्यक हुन्छ। लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग त गरिरहेको छौं तर आर्थिक अवस्था सुधार हुन सकिरहेको छैन्। परिणामस्वरुप विकास वा समृद्धिका यात्रा चाहना अनुरुप अगाडि बढ्न सकेको छैनन्।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको