काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकार गठन भएको दोस्रो सय दिन २०८१ माघ १७ गतेसम्म भएका प्रमुख कामहरुको विवरण सार्वजनिक गरेको छ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी सचिव राधिका अर्यालले १७ गतेसम्म भएका प्रमुख कामहरुको विवरण सार्वजनिक गरेकी हुन्।

सोही क्रममा उनले सबै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालन गर्ने कार्यक्रम अन्तरगत ७ सय ५३ वटा स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएको बताइन्।

उनले भनिन्, ‘सबै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालन गर्ने भन्ने कार्यक्रम अन्तरगत ७ सय ५३ वटा तहमा हुलाक कार्यालय सञ्चालनमा आएको छ र यसमा पहिला भएको ७७ वटा जिल्ला हुलाक कार्यालयहरु पनि छन् र सात वटा प्रेदशमा सातवटै निर्देशनालयहरु रहेका छन् । बाँकी ७ सय ७६ वटा कार्यालयहरु स्थापना गरेर अहिले ७ सय ५३ वटा तहमा हुलाक कार्यालयहरु छन्। यस कार्यसँगै हुलाकको पुनसंरचना गर्ने कार्य पनि सम्पन्न भएको छ।’

यसका साथै, उनले २० वटा सरकारी निकायको सुरक्षा अडिट सम्पन्न भएको पनि जानकारी दिएकी छन्।

उनले भनिन्, ‘२० वटा सरकारी निकायको सिस्टम सफ्टवेयर, वेबसाइट, वेब एप्लिकेशन र मोबाइल एप्लिकेशनको सुरक्षा अडिट गर्ने भन्ने कुरा थियो त्यो २० वटै कार्यालयको सुरक्षा अडिट सम्पन्न भएको छ । यस आर्थिक वर्षमा ३० वटा सुरक्षा अडिट सम्पन्न भएर अहिलेसम्म ९३ वटा प्रणालीहरुको सुरक्षा अडिट सम्पन्न भइसकेको छ।’

आजसम्मको समयमा ८४ वर्षको डिजिटल रुपान्तरण सम्पन्न लगायत सञ्चार क्षेत्रमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको पनि उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको