काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आजको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन्। उनले आजको बैठकबाटै निलम्बन फुकुवा गर्न माग गरेका छन्।

निवेदन दिँदै उनले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन माग गरे।

निवेदन बुझ्दै सभामुख घिमिरेले भने, ‘मैले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ। कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन। हिजो यस पदमा अरु कोही थियो । आज म छु। भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरुले निवेदन दिनुभएको छ। यो छलफल र परामर्शको विषय हो। आजलाई समय भएन। हामी संसद सुरु हुने अन्तिम समयमा छौं।’

लामिछानेसहित रास्वपाका १५ जना सांसद सभामुखकोमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको