काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आवाहनमा बैठक बिहान ११ बजे बस्ने भएको हो।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ।
सचिवालयलका अनुसार बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ।



