काठमाडौं : अधिवक्ता ओमप्रकाश अर्यालले हिंसा, भ्रष्टाचार र ठगी (आर्थिक अपराध) काे जगमा उभिएका राजनीति-जिवीलाई पाखा लगाउनुकाे विकल्प नभएकाे बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्ताे बताएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे कानूनी सल्लाहकारसमेत रहेका उनले अब राजनीतिमा रहेकाे दुष्चक्र ताेडिने पनि बताएका छन्

`हिंसा, भ्रष्टाचार र ठगी (आर्थिक अपराध) काे जगमा उभिएका राजनीति-जिवीलाई पाखा लगाउनुकाे विकल्प छैन। राजनीतिकाे इज्जत लुट्ने खलपात्रहरूकाे पतन अवश्यम्भावी छ,´ उनले लेखेका छन्,` अन्तत: कानूनी संस्कृतिकाे जगेर्ना नगरी देश उँभाे लाग्दैन। कर्तव्यबोध सहितकाे नागरिकपन जागृत हुनेछ। अब दुष्चक्र ताेडिनेछ ।´ बालेन शाहले पार्टी खाेल्छन् कि खाेल्दैनन् भन्ने चर्चा चलिरहेका बेला अर्यालकाे स्टाटसलाई राजनीतिक रूपमा अर्थपूर्ण ठानिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको