रौतहट । सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास बैँक लिमिटेड गौर शाखाले एक विद्यालयलाई सेनिटरी प्याड भेन्मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग गरेको छ।
राजपुर नगरपालिकाको बैरियामा रहेको जामिया जुबैरिया गल्र्स स्कुललाई उक्त मेसिन सहयोग गरेको हो। बैंकको तर्फबाट शाखा प्रवन्धक सुबोध कोइरालाले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रियाजुल हकलाई सो मेसिन हस्तान्तरण गरेका हुन्।
बैंकले विद्यालयको वार्षिकोत्सब कार्यक्रमको अवसर पारेर गरिएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, विद्यालयका शिक्षक, अभिभावक तथा बैंकका कर्मचारीको उपस्थिती रहेको थियो।सो बिद्यालयमा करिव ६०० छात्राहरुको अध्ययनरत रहेको जनाइएको छ।

