काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चस्मामा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन पहल गर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औँ अधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सकले प्रयोग गर्न सुझाव दिने चस्मामा लाग्ने कर हटाउनुपर्नेमा बताएका हुन् । त्यसका लागि अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने सिंहले ताए ।

उनले नेत्रज्याति संघले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । चस्मामा लाग्ने मूल्य अभिवृद्धि कर व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा टेवा पुग्ने उनले बताए । उपप्रधानमन्त्री सिंहले नेत्रज्योति संघले गरिरहेको कार्यको प्रशंसा गर्दै जारी अधिवेशनको सफलताको लागि शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको