काठमाडौं :अखिल भारत नेपाली एकता मञ्चको राष्ट्रिय सम्मेलन आगामी १३, १४ र १५ अप्रिलमा हुने भएकाे छ । मञ्चका उपमहासचिव आरबी खड्काले तीन दिन चल्ने सम्मेलन जालन्धर पन्जाबमा हुने बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रित गरिएको छ। आज प्रचण्डलाई भेटेरै मञ्चकातर्फबाट निमन्त्रणा गरिएकाे उपमहासचिव खड्काले बताए । मञ्चले भारतमा रहेका नेपालीहरूकाे हक अधिकार सुरक्षित गर्ने, नेपालीहरूलाई एकतावद्द गर्ने काम गर्दै आएकाे छ ।



