रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारलाई केरा उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ। यहाँका कृषकले धान, मकै, गहँु, तोरी, मुसुरो, जस्ता अन्नबालीको छाडेर केरा खेति गर्न थालेका छन्।

केरा खेतिबाट मनग्य आम्दानी हुने भएपछि यहाँ कृषकले अन्नबाली लगाउन छाडेका हुन् । केरा खेतिको सम्भावता, अवस्थाका बारेमा चन्द्रपुर एकेडेमीका विद्याथीहरुले सोमबार कृषकसंग भलाकुसारी गरेका छन्। कृषकले समेत केरा खेति गर्ने तरिका र आम्दानी लगायतका बिषयमा विद्याथीलाई बुझाएका छन् । अन्नबाली उत्पादनका लागि लगानी, परिश्रम र मेहनत बढि हुने तर उत्पादनमा कमि आउने र अपेक्षाकृत आम्दानी नहुने भएपछि केरा खेति गर्ने थालेको गैडाटारका कृषक दिपक श्रेष्ठले बताए।

एउटा केराको बोटले एक पटकमा ८० देखि सय वटा केरा उत्पादन दिने र सो केरा प्रति गोटा ५ देखि ६ रुपैया सम्ममा बिक्रि हुने उनले बताए। एक पटक उत्पादन नहुन्जेल मेहनत र लगानी गर्नु पर्ने र उत्पादन हुन थालेपछि आम्दानी हुने केरा खेति गर्दै आएका कृषकको भनाई छ।

गैडाटार क्षेत्रमा मात्र ३५ बिगाह भन्दा बढि क्षेत्रफलमा कृषकले केरा खेति गरेका छन्। केरा खेति तर्फ कृषककको आर्कषण बढेपनि स्थानिय निकायबाट सहयोग प्राप्त नभएको कृषकहरुको गुनासो छ। गाँउका अधिंकाश कृषकले केरा खेति नै गरेकाले गैडाटार केराका लागि परिचित वा पकेट क्षेत्रमा रुपमा चिनिने गरेको चन्द्रपुर नगरपालिकाले जनाएको छ। कृषकलाई प्रोत्साहन र उत्पादन बृद्धिका लागि नगरपालिकाले विभिन्न योजनाहरु ल्याउने बताएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर