काठमाडौं । करिब चार महिनापछि मंगलबार (आज) मधेश प्रदेश सभाको बैठक बस्न लागेको छ। बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ। आजबाट प्रदेश सभाको चौथो अधिवेशन शुरु हुन लागेको हो । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो।

आज बस्ने बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । साथै विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको छ। लामो समयदेखि प्रदेश सभा बैठक नबसेपछि जनता समाजवादी पार्टी नेपाललगायत अन्द पार्टीहरुले अहिलेको प्रदेश सरकार असफल भएको र कुनै काम गर्न नसेको भन्दै विरोध जनाउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको