इटहरी । इटहरीमा रहेको नव दृष्टि आँखा अस्पतालले खोटाङको दिक्तेलमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ। पुस १२, १३ र १४ गते फेमेली केयर हस्पिटल, दिक्तेल बजारमा अस्पतालले शिविर आयोजना गरेको हो ।

नव दृष्टि आँखा हस्पिटल र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय ९दिक्तेल०को संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर आयोजना भएको हो। शिविरमा ६ सय जनाले आँखा परीक्षण गराएका छन्।
जसमा मोतियाबिन्दु भएका ४५ जना र आँखामा मासु पलाएका एक जना बिरामीको निःशुल्क आँखा अप्रेशन गरिएको छ। अप्रेशनपश्चात् बिरामीहरूलाई निःशुल्क औषधि र कालो चस्मा वितरण गरिएको अस्पताल प्रशासनले जनाएको छ।

साथै, अप्रेशन आवश्यकता नपर्ने अन्य बिरामीहरूलाई पनि निःशुल्क औषधि वितरण गरिएको अस्पतालले जनाएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको अस्पतालले जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको