आरजु देउवा राणा ।

नेपालले बीआरआईमा हस्ताक्षर गर्यो भनेर गलत भास्य बनाइएको हो। हामीले यसमा कुनै पनि नयाँ सम्झौता गरेको होइन। २०१७ मा माओवादी र कांग्रेसको सरकार भएको बेला तत्कालीन अर्थमन्त्री प्रकाश शरण महतले हतार हतारमा गरेको एम ओ यु मा केही सुधार गरेर त्यसलाई रिन्यु मात्रै गरेको हो।

यस पालि हामीले ठूलो बाध्यतामा बीआरआईमा हस्ताक्षर गरेका छौं । हामीले त्यसो नगरेको भए ओलीले माओवादीसँग मिलेर गर्ने थिए । यस्तो अवस्थामा गठबन्धन बचाउनु र सरकार बचाउनु जरुरी थियो ।

यसमा हस्ताक्षर गर्न नमानेको भए चीनले पनि भ्रमणलाई महत्व दिने थिएन र प्रधानमन्त्री ओली पनि चीन जाने थिएनन्। चिनियाँ राजदुतले बीआरआईमा हस्ताक्षर नगरे राष्ट्रपति सी जिनपिङ संगको भेट नहुन सक्ने संकेत दिएका थिए। ओली पनि बीआरआईमा हस्ताक्षर नगरे किन चीन जाने भनेर अडान कसे पछि कांग्रेसले माजबुरीमा सहमति जनाएको हो।

बीआरआई ऋण होइन, अनुदान मात्रै दिएका हौँ । हामीले ऋण नलिने तर अनुदान लिन सक्ने भनेर पार्टी बाटै निर्णय गराएका हुनाले यो गरियो।

बीआरआईमा विभिन्न परियोजनामा छुट्टाछुट्टै सम्झौता हुनेछ, त्यसबेला अनुदान वाला परियोजनालाई मात्रै स्वीकृति दिने र ऋण वाला परियोजनालाई स्वीकृति नदिन सक्छौं। त्यो नेपालले गर्ने निर्णय हो। परराष्ट्र मन्त्रालय, कानून मंत्रालय कांग्रेस सँगै भएकोले हामीले स्वीकृति नदिए पछि अघि बढ्ने सम्भावना छैन।

कांग्रेस अहिले चौतर्फी आक्रमणमा परेको छ । कांग्रेस सरकारबाट बाहिर गएको भए धेरै घाटा हुने थियो । कम्युनिष्ट मिल्यो भने देशको लोकतन्त्र नै धरपमा पर्ने अवस्था आउने थियो । यो गठबन्धन बचाउन र सरकार बचाउन र पार्टीलाई सत्ताबाट बाहिर नजान दिने बाध्यतामा यो निर्माणमा सहमति गरिएको हो ।

हामी सरकारबाट बाहिर निस्केको भए म र कांग्रेसका धेरै नेता, सांसदलाई कुनै न कुनै झुठो केसमा फसाएर मुद्दा चल्ने थियो । हाम्रो अस्तित्व बचाउनको लागि पनि यो गर्न आवश्यक थियो।

अहिले जे भयो त्योभन्दा माथि केही हुनेवाला छैन । हामी कुनै परियोजनालाई अघि बढाउँदैनौं। एमालेले एकलौटी गरे हामी रोक्ने छौं।

अब जसरी पनि प्रधानमन्त्रीको भारत भ्रमण गराउन माहौल बनाउनु पर्यो। प्रधानमन्त्रीको दिल्ली भ्रमण गराउन आवश्यक छ। एउटा छिमेकीमा भ्रमण भए पछि अर्कोमा पनि होस् भन्ने हाम्रो चाहना हो। उनको भेटको लागि यहाँ माहौल बनाई दिन म यहाँ सबैलाई आग्रह गर्न चाहन्छु।

भारतले प्रधानमन्त्रीलाई नबोलाए नेपालमा नकारात्मक संदेश जाने भारत विरोधी माहौल झनै बढ्दै जान्छ। त्यस बेला कांग्रेसले पनि केही गर्न सक्दैन।

(परराष्ट्र मन्त्री डा आरजु देउवाद्वारा इण्डिया फाउन्डेशनको कार्यालयमा भएको अनौपचारिक अन्तर्क्रिया कार्यक्रममा राखेको विचारकाे अंश )

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर