एजेज्सी । साना गाउँ र टोलहरूमा सुधारिएको पूर्वाधारका कारण ग्रामीण चीनमा ई–कमर्स तीव्र रूपमा फस्टाउँदै गएको छ। अहिले ग्रामीण बासिन्दाले अनलाइन सपिङलाई आफ्नो दैनिकीको हिस्सा बनाउन थालेका छन्।

सिचुआन प्रान्तको हुआलिन गाउँका बासिन्दा लिउ झुआङकुइ ई–कमर्सले ग्रामीण जीवनमा सहजता ल्याएको बताउँछन्। उनी भन्छन, “आजकाल ई–कमर्स लजिस्टिक्स यति सहज छ कि ग्रामीण र शहरी क्षेत्रमा बस्न एउटैजस्तो लाग्छ । हामी मोबाइल फोनमा एउटा क्लिकले सामान किन्न सक्छौं, र यसलाई चाँडै हाम्रो घरमै डेलिभर गरिन्छ।’

विशाल ग्रामीण क्षेत्रमा सामान समयमै डेलिभर गर्न हुआलिन गाउँले सार्वजनिक मिनीबसहरू प्रयोग गर्ने अनौठो पहल सुरू गरेको छ। हवालिन गाउँको ई–कमर्स डेलिभरी स्टेशनका प्रमुख लिउ वेनमिङ भन्छन, ‘मिनीबसले सामान डेलिभर गर्दा गाउँलेहरूले समयमै सामान प्राप्त गर्न र आफ्नो कृषिजन्य उत्पादन चाँडै बेच्न सक्छन्। यसले गाउँलेहरूलाई सुविधा मात्रै होइन, श्रम र यातायात लागत पनि कम गरेको छ।’

चीनमा ई–कमर्सलाई आत्मसात गर्दै, धेरै किसानहरू आफ्नो बालीको सिजनबाहेकको समयमा लाइभ–स्ट्रीमिङमार्फत अतिरिक्त आम्दानी गरिरहेका छन्। यसले परम्परागत कृषि र आधुनिक प्रविधिलाई एकसाथ ल्याएको छ।

चीनको वाणिज्य मन्त्रालयका अनुसार, गत वर्ष ग्रामीण क्षेत्रमा अनलाइन खुद्रा बिक्री ३४३ अर्ब अमेरिकी डलर नाघेको थियो, जसमा कृषिजन्य उत्पादनहरूको बिक्री ८० अर्ब डलरभन्दा बढी रहेको छ

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर