काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले महान्यायाधिवक्ताको कार्यालयको कामले सरकार मात्र नभएर जनतालाई पनि ठूलो मद्दत पुर्याएको बताएका छन्।

सोमबार महान्यायाधिवक्ताको कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै मन्त्री चौरसियाले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपाल राष्ट्रको लागि मुद्दाको अभियोजन गर्ने, बहस पैरवी गर्ने काम जसरी महान्यायाधिवक्ताको कार्यालयले गरेको छ, यसले सरकारलाई मात्रै नभएर जनतालाई पनि ठूलो मद्दत पुर्याएको छ।’

मन्त्री चौरसियाले संस्थाको कार्यमा रहेका केही कमी कमजोरीलाई सुधार्दै अघि बढ्न आवश्यक रहेको कुरा पनि उल्लेख गरे । उनले भने, ‘सरकार र हामीसँग भएका कमीकमजोरीलाई सुधार्दै काम गर्नुपर्छ। यहाँ पनि समस्या छन्, जसको समाधान गर्न सबैको योगदान आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको