काठमाडौं :कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिकामा सम्पन्न उपनिर्वाचनको परिणामले आगामी नेपाली कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश प्रवाह गरेको बताउनुभएको छ । आज कीर्तिपुरमा आयोजित सभामा बोल्दै उहाँले कीर्तिपुरले राजनीतिक रुपमा देशलाई नै सन्देश दिएको बताउनुभयो ।

‘राजधानीको कीर्तिपुरजस्तो ठाउँ, जहाँ विश्वविद्यालय छ । राजनीतिक रुपमा सचेत ठाउँ । यहाँबाट कांग्रेसको दिन अब झन् सुदृढ हुँदैछ भन्ने सन्देश गएको छ,’ उहाँले भन्नुभयो,‘नगर प्रमुख र दुई वटा वडा अध्यक्षको नतिजाले कांग्रेस अहिले पनि जनताको हृदय र मनमा रहेछ भन्ने कुरा देखाएको छ ।’ कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहिसकेका सिंहले कीर्तिपुरमा मेयरका लागि ११ जना रहेपनि पार्टीले उम्मेदवारको निर्ण गरेपछि सबै एकतावद्ध भएर लाग्दा परिणाम पार्टीको पक्षमा आएको भन्दै कांग्रेस एकतावद्ध भए नतिजा राम्रो आउँछ भन्ने कीर्तिपुर मोडलनै स्थापित भएको उहाँको भनाई थियो ।
त्यस्तै, उहाँले पार्टीमा संगठन गर्नेहरुले मौका पाइएन भनेर गुनासो गर्ने गरेको चर्चा गर्दै पार्टीमा धैर्यता गरे दिन आउने र त्यसको उदाहरण नगर प्रमुख कृष्णमान डंगोल भएको बताउनुभयो । ‘संगठन गर्दाखेरि धैर्यता पनि राख्नुपर्ने रहेछ, पार्टीको संगठनमा लागिरहनुपर्छ । धैर्यता राखेपछि मौका आउँछ ’, उहाँले भन्नुभयो । कार्यवाहक प्रधानमन्त्री सिंहले कीर्तिपुरका नागरिकको आर्थीक, सामाजिक र साँस्कृतिक मुद्धाहरुलाई सम्बोधन गर्ने गरि काम गर्न सुझाव पनि दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको