काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अस्पताल पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति पौडेललाई भेट्न कार्यवाहक प्रधानमन्त्री सिंह आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको हो । राष्ट्रपति पौडेल प्रोस्टेटको उपचारका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो ।
राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले जानकारी दिनुभएको छ ।



