काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधिकाे शासनकाे लागि ज्यान दिने र दुख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएकाे भन्दै असन्तुष्टि जनाउनुभएकाे छ । काठमाडौं १ काे आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत घट्टेकुलाेमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
नेपालकाे राजनीतिमा पछिल्लाे समय विधिकाे शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भइरहेकाेतर्फ सचेत रहन पनि आग्रह गर्नुभयाे । विधिकाे शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने प्रवृत्ति देशलाई कहाँ पुर्याउँछ ? त्यसले राष्ट्रियता कहाँ पुग्छ ? ख्याल गर्नुपर्छ,´ उहाँले भन्नुभयाे, फेसबुकमा कसैले लेख्दियाे त्यसैकाे पछि कुद्ने ? लेख्ने र हेर्ने अधिकार सबैलाई छ । तर, सहि गलत छुट्याउने जिम्मेवारी त तपाईं हाम्राे हाे नी ।´
उहाँले आफूले काठमाडौं १ बाट ४ पटक निर्वाचित हुँदा कुनै गलत नगरेकै कारण मतदाताले इमानदार भएकैले पटक पटक जिताएकाे पनि बताउनुभयाे । आफू राजनीतिमा लाग्दा दलहरू प्रतिबन्धित अवस्थामा रहेकाे स्मरण गर्दै जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राजनीतिमा हाेमिएकाे उहाँकाे भनाई थियाे । शाही आयाेगले समाउँदा विधिकाे शासन हुनुपर्छ । संविधानमै नभएकाे कुरा राजाले ल्याउँदैमा हुन्छ ? अवैधानिक छ भनेर मैले भन्दा जेलमा लगेकाे हाे । तर, पछि सर्वाेच्च अदालतले मेराे गिरफ्तारी अवैधानिक हाे नभन्दासम्म त जेलमा राखेकै हाे । ´ सिंहले अगाडि भने, हामी पुर्खाकाे सम्पत्ति बेचेर राजनीतिमा टिक्नुपर्ने । अनि चप्पल लगाएर आएकाे भन्छन् । कसकाे ब्यागग्राउन्ड के हाे बुझ्नुपर्याे नी ।´
त्यस्तै उपप्रधानमन्त्री सिंहले विधिकाे शासन सबैलाई बराबरी हुने पनि बताउनुभयाे । पुरानाे दल भएन भन्नेहरूले के कारणले भएन र नयाँले गर्छन् भन्नेले के करणले गर्छन् भन्ने आधार देखाउन नसकेकाे भन्दै उहाँले नागरिकलाई यसरी गुमराहमा राख्ने प्रवृत्तितर्फ सचेत रहन पनि आग्रह गर्नुभयाे । राजनीतिमा बाेलेर मात्र नहुने भन्दै आफू काम गरेर देखाउन लागिपरेकाे सिंहकाे भनाई थियाे । सरकार गठन हुँदा एक महिनम टिक्दैन भनिएपनि सरकार कांग्रेस एमालेकाे सहमतिअनुसार अघि बढ्ने दाबी गर्नुभयाे ।



