काठमाडौं : आफुलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रवि लामिछानेको समर्थनमा आफु पोखरा जाने हल्ला सत्य नभएको बताएका छन् । उनले फेसबुकमा लेख्दै आफू पोखरा जाने भन्दै भलेको हल्लाले भ्रम पैदा भएको पनि बताएका छन् ।

‘म आज पोखरा जाने भन्ने हल्लाले धेरैमा भ्रम पैदा भएको पाएको छु । म झापा आफ्नै निवासमा छु ,’ उनले लेखेकबा छन्,‘अदालतले अनुसन्धानका लागी म्याद थपिसकेपछी भिडले सत्य असत्य छुट्टाउने होईन । सम्मानित अदालतको आदेशलाई कुरौं , सबैलाई अबिस्वास गरेर पनि त भएन । दोषी कोहि उम्कनु हुँदैन , निर्दोष फस्नु हुँदैन ।’ लामिछाने सहकामरी ठगीमा मुछिएपछि हाल कास्कीमा हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराधमा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको