काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने भएका छन्।
सार्वजानिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएको हो। जस अनुसार राष्ट्रपति पौडेल हरेक महिनामा एकदिन सार्वजानिक स्थलमा जाने छन्।
सार्वजानिक स्थलमा राष्ट्रपति पौडेलले नागरिसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्नुहुने भएको छ। जस अन्तर्गत पहिलो पटक आज (शनिबार) भक्तपुर दरवार स्क्वायर जान लागेका हुन्।
पहिलो कार्यक्रम नै भक्तपुरबाट शुरु हुन लागेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ। राष्ट्रपति पौडेल शनिबार बिहान साढे ११ बजे भक्तपुर दरवार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।



