ललितपुर : उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिन नहुने बताउनुभएकाे छ । कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमा चलिरहेकाे नेतृत्व बहिर्गगनकाे बहसबारे आज ललितपुरमा सञ्चारकर्मीकाे प्रश्नमा सिंहले यस्ताे बताउनुभएकाे हाे ।
अहिले जुन एक्जिट पाेलिसीमा १,२,३,४ काे कुरा छ । कांग्रेस लाेकतान्त्रिक पार्टी हाे । लाेकतान्त्रिक पार्टीमा नेतृत्व मतदातले चाहेसम्म हुने हाे,´ उहाँले भन्नुभयाे, जनताले रूचाएसम्म पाेलिटिकल एक्टिभिस्टहरूले आफ्नाे काम त गर्छन् नी । त्यसमा छेकबार लगाउने कुरा मिलेन कि भन्ने कुरा हाे ।´
कांग्रेस लाेकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबै विषयमा बहस हुनु स्वभाविक भन्दै उहाँले अहिले नेतृत्व बहिर्गनकाे नितिबारेका बहस भने असान्दर्भिक रहेकाे सिंहकाे भनाई थियाे ।
उहाँले केन्द्रीय समिति बैठकमा पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राख्नुभएको छ ।
त्यस्तै फरक सन्दर्भमा उहाँले सरकार गठन हुँदा भएकाे ७ बुँदे सहमतिकै स्पिरिटअनुसार सरकारले काम गरिरहेकाे पनि सिंहले बताउनुभयाे ।

