काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस एमाले जनताको अधिकारको लागि लडेको दल भएको जिकिर गरे।

उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश कटौती गर्छ भन्ने प्रचार भइरहेको छ। कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौँ। सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन। हल्लाको पछाडि लागेर कहीँ पुगिँदैन।’

उनले राजनीतिक स्थायित्व दिनको लागि कांग्रेस एमालेसँग मिलेको बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको