काठमाडौं । अभियन्ता डा.निकोलस भुसालले पुराना नेताहरुको विकल्प खोज्न आवश्यक रहेको बताएका छन्।

बुधबार माइतिघर मण्डलामा भएको आन्दोलनमा उनले विगत धेरै वर्षदेखि यहीँ दुई चार जना नेताहरुले शासन गरिरहेको भन्दै यीनिहरुको विकल्प खोज्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हामीलाई ३०, ४० वर्षदेखि यही दुई चार जना नेताहरुले शासन गरिरहेको छ यसलाई रोक्नुपर्छ। यीनिहरुको विकल्प हामीले अब खोज्नुपर्छ।’

यसको साथै, उनले नेपाल अवसर नै अवसरको देश भएको भन्दै अब सबैजना मिलेर यसलाई बनाउनुपर्ने बताए। उनले भने, ‘यो देश अवसर नै अवसरको देश हो। हामी उठ्नुपर्छ भनेर हामी लागि परेका छाैँ। यो आन्दोलनलाई सबैले साथ दिएको छ। विस्तारै विस्तारै हाम्रो आन्दोलन बढ्दै छ। काङ्ग्रेस एमालेबाट दिक्क भएर पनि धेरै जना आन्दोलामा सहभागि हुनु भएको छ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको