काठमाडौं ।  काठमाडौं  महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताएकी छन्।

आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन्।

उनले  भनिन्, ‘विदेशिने  युवाहरुको  जमात  बढ्दो  छ। सँगसँगै विदेशबाट  स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो छ। युवाहरु विदेशबाट फर्किँदा पूँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन्।’

साथै उनले युवाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताइन्। उनले युवाहरुको  लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताइन्।

उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन्।

उनले  भनिन्, ‘धेरै जना युवाहरु उच्च शिक्षाको  लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो  समय यो सपना युवाको मात्र होइन् एउटा परिवार, समाजको  पनि सपना भैइसकेको छ। त्यसैले कृयाकलापलाई हामीले रोक्न जरुरी छ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको