काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
गृह मन्त्रालयमा बुधबार विहान गृहमन्त्री लेखकसँग राजदूत प्रिन्जले शिष्टाचार भेटवर्ता गर्नुभएकाे हाे।
भेटवार्तामा उहाँहरूबिच नेपाल र जर्मनीको आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको थियो। गृहमन्त्री लेखकले जर्मनीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गर्नु भएको थियो।



