मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ। साझपख समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ। नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला। परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ। माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ। श्वासप्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ। राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ। प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ। अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शाहशिलो कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ। साझपख समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ। पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ। माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ। साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ। माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ। साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ। नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ। पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ। प्रेममा सफलता तथा सामिप्यता बड्नेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको