काठमाडौं : उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले प्रत्यक्ष लाभको महसुस गर्नेगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएकाे छ।

बिहीबार शहरी विकास तथा भवन निर्माणले विभागमा आयोजना गरेको उपप्रधान एवं शहरी विकास मन्त्रीको स्वागत तथा विभागबाट सम्पादित कार्यक्रमहरूको संक्षिप्त प्रस्तुतीकरण कार्यक्रममा मन्त्री सिंहले कर्मचारीहरूलाई यस्ताे निर्देशन दिनुभएकाे हाे।

काम गर्ने क्रममा केही समस्या परे मन्त्रालयमार्फत समाधान गर्ने भन्दै मन्त्री सिंहले जनताले महसुस गर्नेगरि काममा ध्यान दिन निर्देशन दिनुभयाे। शहरी विकास तथा भवन निर्माण विभाग मन्त्रालयकाे महत्त्वपूर्ण विभाग भएको भन्दै मन्त्री सिंहले कर्मचारीहरूलाई लगनशील तथा इमान्दारितापूर्वक काम गर्न आग्रह गर्नुभयाे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको