काठमाडौं । लायन्स डिष्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक सम्पन्न भएको छ।

काठमाडौंको चुच्चेपाटीस्थित होटल हायातमा इन्टरनेशनल प्रेसिडेन्ट फ्याब्रीसियो एलिभेराको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो। लायन्सको १०८ वर्षे इतिहासमै पहिलो पटक इन्टरनेशनल प्रेसिडेन्ट एलिभेराको उपस्थितिमा कार्यक्रम भएको थियो।

कार्यक्रममा क्याबिनेट अफिसरलाई इन्टरनेशनल पिन र प्रमाणपत्र समेत वितरण गरिएको थियो। बैठकमा १५ वटा डिष्ट्रिक्ट गर्भनरसहित झन्डै ७ सय भन्दा बढी लायन लिडरको उपस्थिति थियो। वार्षिक चार वटा रेगुलर क्याबिनेट बैठक हुने गर्दछ। साथै उक्त भव्य कार्यक्रममा इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेशनल डाइरेक्टर संजय खेतान लगायतको उपस्थिति थियो।

कार्यक्रममा अध्यक्ष डिष्ट्रिक्ट गभर्नर रामशरण बस्नेतले विश्वमा नै यो वर्ष एक सातामा सबैभन्दा बढी कार्यक्रम र गतिविधि गर्न सफल हुँदै माई लायन पोर्टलमा रिपोर्टिङ गरेर डिष्ट्रिक्ट ३२५ ई पहिलो भएकोमा खुसी व्यक्त गर्नुभयो। एलिभेराको उपस्थिति रहेको कार्यक्रमलाई १७ वटा क्लबहरूले संयुक्त रूपमा आयोजना गरेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको