काठमाडौं : उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेकाे बताएका छन्। आज नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेकाे टाेलीसँगकाे भेटमा सिंहले यस्ताे बताएका हुन्।

सिंहले निर्माण व्यवसायीले भाेगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर हुने भन्दै निर्माण व्यवसायीलाई पनि आयाेजनाहरू समयमै सम्पन्न गर्ने गरि काम गर्न आग्रह गरे।

उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भाेगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशाेधनकाे विषयमा ध्यानाकर्षण गराएका थिए। साे क्रममा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले राखेका जायज माग सम्बाेधन गर्न सकारात्मक रहेकाे भन्दै अब लामाे कुरा भन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा जाेड दिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको