काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन उपभाेक्ता मञ्चले सरकारसँग मागको छ।
प्रवक्ता उज्वलराम गाैतमले विज्ञप्ति जारी गर्दै यस्ताे माग गरेका हुन्। नयाँ सरकारको गठन लगत्तै नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा ४ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेकाे थियाे ।
छोटो समयको अन्तरालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर रुपमा बढ्दै गएको र पटकपटक गरी भएको इन्धनको मूल्य वृद्धि सँगसँगै सार्वजनिक यातायातका साथ साथै दैनिक उपभोग्य वस्तुकोसमेत मूल्य वृद्धि हुने गर्दा सर्वसाधारण आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको मञ्चले जनाएकाे छ। `यसर्थ यो मुल्य वृद्धिको निर्णय तत्कालै फिर्ता लिन र उपभोक्ता हकहित संरक्षण तथा आम नागरिकलाई सहुलियत दिने एवम् जनजिबिकाको सवालमा सरकार सम्बेदनशिल छ । भन्ने कुराको प्रत्याभुति दिलाउन समेत उपभोक्ता मञ्च नेपाल जोडदार माग गर्दछ,´ विज्ञप्तिमा भनिएकाे छ ।
यस्तै, नेपाल सरकारले ल्याएको आर्थिक बर्ष २०८१/८२ को बजेट मार्फत तरकारी तथा फलफूलमा लाग्दै आएको मुल्य अभिबृद्धि करलाई हटाउने र उपभोक्ता अदालतको गठन गर्ने तथा त्यसका लागी आवश्यक बजेट समेत बिनियोजन गरेको निर्णयप्रति उपभोक्ता मञ्च नेपालले खुशी व्यक्त गर्दै सरकारको यो निर्णयको स्वागत गरेको छ।
सरकारको यो निर्णयले चर्को महँगीबाट पीड़ित आम उपभोक्ताहरूलाई केही मात्रामा भये पनि राहत पुग्ने र उपभोक्ता अधिकार तथा हकहित संरक्षणक लागी मद्दत पुग्ने विश्वास नेपाल उपभोक्ता मञ्चले लिएको विज्ञप्तिमा उल्लेख छ।



