काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ।
आजको बैठकमा मन्त्री र प्रधानमन्त्री कोही पनि उपस्थित नभएको भन्दै नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएपछि बैठक स्थगित भएको हो।
उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको अधिकार प्रयोग गर्दै विश्वासको मत लिएर संसदमा आफ्नो विश्वास देखाउन चहान्छु भनेर भनेको कुरा थहा छ, भोलीका लागि समय मागेको पनि थहा छ। संविधान पालन गर्ने प्रधानमन्त्री, मन्त्रीले संसदमा संसद चलेको दिन मन्त्री र प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्ने जानकारी छ कि छैन्। कोही पनि उपस्थित नभएपछि सदन चल्छ कि चल्दैँन्। सभामुखको कुर्सिबाट म जान्न चहान्छु।’

