काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
विहीबार पार्टी कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्। उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उहाँले नेपालका जनता मारेर राजनीतिक गर्नुपर्छ भन्ने जुन उहाँको पृष्ठभूमि छ त्यसको कारणले पनि भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं।’
यस्तै, उनले मुलुकका युवाहरुलाई विदेश जान बाध्य पार्ने, देशको भौतिक संरचना ध्वस्त पार्ने र मुलुकलाई विश्वको सबैभन्दा गरिब देशमा पर्नेगरि अहिलेको प्रधानमन्त्रीको नेतृत्व भएको भन्दै प्रधानमन्त्री कुनै पनि हिसाबले राजनीतिज्ञ नै नभएको बताए।
उनले भने, ‘प्रधानमन्त्रीको अराजकताले लामो समयदेखि देशलाई यो अवस्थामा पुर्यायो । मुलुकका युवाहरुलाई विदेश जान बाध्य पार्ने र देशको भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको सबैभन्दा गरिब देशमा पर्नेगरि यसको मुख्य नेतृत्व नै अहिलेको प्रधानमन्त्रीले गरेको र प्रधानमन्त्री कुनैपनि हिसाबले राजनीतिज्ञ नै होइनन्।’

