काठमाडौं : नेपाल विद्यार्थी संघले मापदण्ड विपरित चर्को भर्ना शुल्क असुल्ने विद्यालयहरूलाई कारवाही गर्न माग गरेकाे छ । नेविसंघका प्रवक्ता सुरज सेजुवालकाे नेतृत्वमा गएकाे नेविसंघको टाेलीले स्वास्थ्य तथा सूचना प्रविधि संसदीय विषयगत समितिका सभापति अम्मरबहादुर थापा र शिक्षा सचिव डा.दिपक काफ्लेलाई ९ बुँदे माग पत्र बुझाएकाे हाे ।
मापदण्ड विपरित चर्को भर्ना शुल्क असुल्ने विद्यालयहरूलाई कारवाही गर्नुपर्ने,सङ्घीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन जारी गर्नुपर्ने, विद्यालय शिक्षा विधेयक र विश्वविद्यालय छाता ऐन जारी गर्नुपर्ने,दोहोरो भर्ना शुल्क लिने विद्यालयलाई कारवाही गर्नुपर्ने लगायतकाे माग राखिएकाे छ ।
मागपत्र बुझाउन प्रवक्ता सेजुवालसहित नेविसंघका केन्द्रीय सदस्यहरू टेक बिक, सृजना मल्ल ठकुरी, निर्मला शाह लगायत मन्त्रालय र समिति पुगेका थिए ।
के छ मागपत्रमा ?




