काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको सहमति अपारदर्शि भएको भन्दै संसदमा प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले दुई दलबीच भएको भनिएको सम्झौता अपारदर्शी र अनैतिक रहेको बताए । उनले दुई दलबीचको सहमति राजनीतिक स्थीरताका लागि नभई नक्कली भुटानी शरणार्थी काण्डमा बेचैन झा पक्रउ परेपछि छाएको बेचैनीका कारण भएको पनि दाबी गरे ।
‘संसदको पहिलो र दोस्रो दलबीच एउटा व्यक्तिको घरमा के सम्झौता भयो । दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि नर्क गए पनि सँगै जाउँला भन्ने अर्कोतिर आफ्नो नेतालाई ललितपुरमा सम्झौताको मस्यौदा गर्न लगाउने ? मध्यरातमा अमूक व्यक्तिको घरमा के सम्झौता भयो ? सार्वजनिक गर्न किन सकिनरहनु भएको छैन । यतिका दिनसम्म गुपचुप राख्नुपर्ने भय के हो ? यदि हिम्मत छ भने औपचारिक हस्ताक्षर गरेर सम्झौता सार्वजनिक गर्नुस् ,’ उनले भने, ‘माओवादी सांसद सापकोटाले दुई ठूला दल मिलेर राजनीतिक स्थिरता दिन खोजिएको भन्ने दाबी गलत रहेको भन्दै गिरिबन्धु टी स्टेट र बेचन झा पक्राउ प्रकरणले आत्तिएर मिलेको आरोपसमेत लगाए ।

