काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछाने अहिले पनि गृहमन्त्री रहेको भन्दै भ्रष्टाचारका फाइल खोल्न आग्रह गरेका छन्।

लामिछानेले मंगलबार भ्रष्टाचारको फाइल खोल्दा सरकार परिवर्तन गरिउको बताउपछि शर्माले काउन्टरमा यस्तो चुनौति दिएका हुन् ।

‘साथीहरुलाई के लागेको रहेछ भने भ्रष्टाचारको फाइल खोल्दैथियौं, त्यसकारण सरकारबाट हटाइयो,’ शर्माले भने, ‘अहिले पनि हुनुहुन्छ गृहमन्त्री । प्रधानमन्त्रीले राजीनामा नदिए एक महिना हुनुहोला । कुनै पनि फाइलमा कसैकाप्रति आग्रह पूर्वाग्रह राख्नुहुन्न । सबै फाइलहरु खोल्नुस् ’ अहिले बनेको गठबनधनले भ्रष्टाचारविरुद्ध काम गर्नुपर्ने पनि शर्माले बताए ।

त्यस्तै शर्माले एमाले र कांग्रेसबीच भएको संविधान संशोधनको सहमतिबारे शशंकित नहुन पनि आग्रह गरेका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई बलियो बनाउने गरि संविधान संशोधन हुने पनि दाबी गरे । एमाले र कांग्ेसबीच सत्तासहकार्य गर्ने सहमति भएपछि माओवादी र रास्वपासहितको गठबन्धन संकटमा परेको छ । मन्त्री बनेकै दिनदेखि फाइल खोल्छु भन्दै आएका गृहमन्त्रीलाई कांग्रेसले पटक पटक फाइल खोलेर देखाइदिन चुनौति दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको