काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने गरि सहमति भएको छ। सो सहमतिलाई अन्तिम रूप दिन कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार राति नै मुख्य सचेतक रमेश लेखक लगायत नेताका साथमा ओलीनिवास बालकोट जाने सम्भावना रहेको ती नेताले बताए। उनले भने, `आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना छ ।´

दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको छ । त्यस्तै संविधान संशाेधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयाेजकत्वमा समिति बनाउने सहमति भएकाे छ ।

एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ बर्ष पछि देउवा प्रधानमन्त्री बन्ने सहमति बनेकाे छ । एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालय सहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय राख्ने,
-एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने, मधेश प्रदेश मधेशवादी दललाई दिने,निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएकाे बताइएकाे छ ।

तस्विर : काठमाडौ पाेस्टबाट

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको